
सामाजिक भावना भनेको एक स्वच्छ कलकल बग्ने नदि जस्तै हुनुपर्छ जस्मा विभिन्न किसिमका मानिस वा पशु नुहाउन आएपनी भेदभाव हुदैन हो सामाजिक भावना पनि यस्तै हुनुपर्छ स्वार्थ रहित ईर्ष्या रहित हुनुपर्छ । प्रायः मानिस आफ्नो स्वार्थ पुर्तिका लागि सामाजिक क्षेत्रमा क्रार्त देखिन्छ्न हाम्रो समाज हाम्रो समुदाय नयाँ परिवर्तन चाहान्छ तर आफू त्यो परिवर्तन भित्र स्वार्थ बिना काम गर्न सक्दैन र चाहान्न । समाज भन्ने बिक्तिवै एक सुरक्षीत आफ्नोत्व महसुस हुन्छ तर समाज भिक्रीका वेही खराव तत्वको कारण सिंगो समाज बिवादमा मुचिन पुग्छ समाज एक सदाबहार बग्ने नदि हो जस्को उद्गम त हुन्छ तरअन्त्य हुदैन त्यसैले ब्याक्ती भन्दा माथी समाज हो झन्ने वुरा सम्पूर्ण समुदाय मा जानकारी गराउन जरुरी रहेको छ।
समाज जसरी उदाउदै गएको छ हाम्रो भावना र आफ्नत्व अस्ताउदै गएको आभास भएको देखिन्छ। हामीले लाखौं सोच बाट एउटा गन्तव्य मा समाज लाई पुर्याउन एउटा लक्ष्य लिएका छौ तर हाम्रो स्वार्थ र राजनीति कारण हाम्रो तुच्छ ब्यावहारले समाज भित्र हाम्रा हजारौं भावना अस्ताउदै गएका छन । सुदुर पश्चिम्क्षेत्र परापुर्वकाल देखि सामाजिक अभियान को उद्गम क्षेत्र हो भन्न सकिन्छ तर बिसौ सत्तावदी पछि सामाजिक कार्यमा सुदुर पश्चिम् पछि पर्दै गएको देखिन्छ फलस्वरूप हाम्रो सामाजिक भावना पुर्ण रुफमा निष्व्रिय भएको देखिन्छ ।
अहिले सुदुर पश्चिम्मा थुप्रै समाज छ्न वा थिए होलान् तर ती समाज आफ्नो स्थान भिक्र मात्रै सिमित थिए वेही ब्याक्ती मा मात्रै सिमित थिए झन्ने वुरा हाम्रो समाज प्रतिको अस्ताएको भावनाले प्रमाणित गरेको छ । सुदुर पश्चिमेली नेपाली समाज को स्थापना यस्तो समएमा भयोकि सुदुर पश्चिमेली हरुको मन बाट सामाजिक भावना पुर्ण रुफना हटिसवेको अवस्था मा सामाजिक क्षेत्र मा नयाँ सोच र नयाँ बिचार को साथ नया सामाजिक भावनाको उत्पत्ति गर्दै सुदुर पश्चिमेली नेपाली सामाजले सुदुर पश्चिम्मा पाइला टेक्यो। समाज स्थापना गर्दै गर्दा को संघर्ष धेरै थियो र अति अफ्ट्यारो पनि थियो ।
हामी अहिले सामाजिक क्षेत्र मा सफल भयौ वा बिफल भयौ त्यो त पछि इतिहास ले वा त्यो क्षेत्र का जनताले मुल्यांकन गर्लान वा नगर्लान तर अहिले हाम्रो समाजको प्रेरणा बाट हजारौं समाज को स्थापना झएको छ त्यस्मा हामी धेरै खुसी छौ र गौरवान्वित छौ। अहिले समाज सेवा गर्न एक लहर नै लागेको देखिन्छ यो वेही हदसम्म राम्रो पक्ष त हो तर यदि यस्तै भैरहने हो भने समाजिक क्षेत्रमा यस्ले ठूलो संकट न निम्त्याउला भन्ने सकिन त्यसैले समयमै जनतामा समाज सेवाको असली अर्थ बुझाऊन जरुरी देखिएको छ।
समाज सेवा वुनै फ्रतियोगिता होइन यो वुनै कमपिटिसन फनि होइन र यो वुनै ब्यापार पनि होइन अरुको देखासिकी मा आफू पनि त्यस्तै गर्नु समाज सेवा भित्री मन बाट गर्नु पर्छ जस्मा समर्पण र स्वार्थ रहितको भावना हुनु जरुरी हुन्छ अनिमात्र त्यो वास्तविक समाज सेवा हुन्छ । यदि त्यस्तो नहुनेहो हो भने हाम्रा समाज त उदाउदै जान्छन जस्को न लक्ष्य हुन्छ न उदस्यनै हुन्छ बर्खा याम मा आउने छहरे खोलाझै हुने छ कहिले सामाजिक भावनाको सामज सेवाको र सहयोगको खोला नै बग्छ तर त्यो बर्खायाम्को खोलाको धमिलो पानी जस्तै हुन्छ यस्तो समाज सेवाले सानो सानो घाउमा मलम लगाउने काम त होला तर यस्तो समाजको आफ्नै भविस्य उजेलमा पर्दै जान्छ। हाम्रा समाज प्रतिका भावनाहरु अस्तायर जान्छ्न।
भुवन प्रसाद भट्ट
भारत
