कर्णाली चिसापानी : राज्यले नदेखेको पर्यटन स्थल

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/karnali_bridge_nepal_samaya.jpg

धनगढी- देशकै सबैभन्दा लामो कर्णाली नदीमाथि बनेको विश्वकै नमुनामध्येको एक खम्बामा अडिग पुल र कर्णाली नदीका स्वादिष्ट माछाले सबैमा चिरपरिचति ठाउँ हो कर्णाली चिसापानी । सिंगो सुदूरपश्चिमलाई राज्यका अन्य क्षेत्रसँग जोड्ने पनि त्यही पुल नै हो । यही ठाउँबारेमा राज्यका निकायमा बस्नेहरूलाई जानकारी नै नहोला भनेर अनुमान गर्नु व्यर्थ हुन्छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको यही क्षेत्र कर्णाली चिसापानी पर्यटन मन्त्रालयको सूचनामा अटाउन सकेन ।

कुनै निश्चित जाति र समुदायको कुलदेउता पुज्ने मन्दिर उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश गर्ने पर्यटन मन्त्रालयको आँखा कर्णाली चिसापानीमा पर्न नसकेपछि यस क्षेत्रका पर्यटन व्यवसायी निराश बनेका छन् ।

एक खम्बामा अडिग त्यही कर्णाली चिसापानीको पुल हेर्न देशभित्रबाट मात्र नभएर छिमेकी मुलुक भारतबाट दिनहुँ थुप्रै पर्यटकहरू कर्णाली चिसापानी पुग्छन् । पुलको अवलोकनसँगै कर्णाली नदीका माछाको स्वाद चाखेर फर्किने पर्यटकहरूको संख्या धेरै छ । त्यही क्षेत्रलाई पर्यटन मन्त्रालयले सय वटा गन्तव्यको सूचीमा अटाउन नसक्नुले राजनीतिक पहुँच र भनसुनका आधारमा पर्यटकीय क्षेत्रको सूची तयार गरेको स्पष्टै हुन्छ । पहुँचमा हुनेहरूले आफ्नो निश्चित जातजाति र समुदायका देउताको मन्दिरमा सूचीभित्र पार्न सफल भए भने पर्यटकीय सम्भावना बोकेका थुप्रै गन्तव्य ओझेलमा छन् ।

चिसापानीको इतिहास

कुनै समयमा चिसापानी बजार हटेरुहरूको केन्द्र नै थियो । पश्चिम पहाडी र हिमाली क्षेत्रका मानिस वर्षभरिका लागि उपभोग्य सामग्रीको जोहो गर्न बेसी झर्थे । बर्दियाको राजापुर, कैलालीको कटासे तथा भारतको पिलिभितलगायतका हाटबजारबाट नुन, तेल, भाँडाकुँडा, लत्ताकपडाजस्ता सामग्री लिएर फर्किन्थे । उनीहरूको बास चिसापानीमा हुन्थ्यो । उनीहरूले कर्णाली नदीको किनारमा खाना पकाएर खान्थे । बास बस्थे र भोलिपल्ट बिहानै उकालो लाग्थे ।

यहाँ रहेको मूलबाट निकै चिसो पानी आउने भएकाले उनीहरूले नै यसको नामकरण चिसापानी गरेको बुझिएको छ । कुनै बेला हटेरुहरूको बास बस्ने स्थल मात्र रहेको चिसापानी अहिले पर्यटकीय गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने यो बजार मानिसहरूले एकपटक हेर्नैपर्ने ठाउँ बनेको छ । गाडीबाट राजमार्गमा ओहोरदोहोर गर्ने मानिस एकपटक झरेर पुल र नदी किनारामा फोटो नखिची फर्किंदैनन् ।

एक खम्बामा अडिग त्यही कर्णाली चिसापानीको पुल हेर्न देशभित्रबाट मात्र नभएर छिमेकी मुलुक भारतबाट दिनहुँ थुप्रै पर्यटकहरू कर्णाली चिसापानी पुग्छन् । पुलको अवलोकनसँगै कर्णाली नदीका माछाको स्वाद चाखेर फर्किने पर्यटकहरूको संख्या धेरै छ ।
copy by khapad national park
आकर्षकको केन्द्र पुल२०५० सालमा बनेको कर्णाली पुल देशविदेशमा परिचित छ । पुल बनेपछि मात्र चिसापानीले व्यावसायिक रुप लिन थालेको हो । सुदूरपश्चिमलाई स्थलमार्गबाट देशका अन्य क्षेत्रसँग जोड्ने एक मात्र पुल एक खम्बामा मात्र अडिग छ । शान्तसँग बगिरहेको नीलो कर्णाली नदीमाथि बनेको यो पुलमा उभिएर चारैतिर दृश्यावलोकन गर्दा बेग्लै आनन्दको महसुस हुने गर्दछ । बाह्रैमास एकनासोका तीव्र गतिको हावा चलिरहने यहाँ दिनहुँ हजारौंको संख्यामा पर्यटकहरू पुग्ने गर्छन् ।

स्वादिला माछा

कर्णाली चिसापानी भन्नेबित्तिकै सबैको मुखमा झुन्डिने शब्द हो त्यहाँको स्वादिलो माछाका परिकार । पसल, होटलको मात्र होइन आममानिसको आम्दानीको बलियो स्रोत बनेको छ यहाँको माछा । प्रत्येक होटल तथा पसलमा ग्राहकको स्वागतका लागि पाकेका परिकारका साथसाथै आलो माछा झुन्ड्याएर राखिएका हुन्छन् । ‘कर्णाली पुलको दृश्यावलोकन सँगसँगै यहाँ आउने पर्यटकको अर्को महत्त्वपूर्ण रोजाइ यहाँको स्वादिष्ट माछा नै हो’, सिद्धार्थ रिसोर्टका रेस्टुरेन्ट म्यानेजर सिद्धार्थ भण्डारी भन्छन्, ‘खानासँग माछा नखोज्ने त प्रायः मानिस नै हुँदैनन् ।’

चिसापानीको माछाका बारेमा सुनेको मानिसले चिनजानको मानिस यहाँबाट आवतजावत गर्दा कोसेलीका रुपमा माछा नै मगाउने गरेको सुनाउँछन् डल्फिन होटलका सञ्चालक पदम भण्डारी । चिसापानीमा दैनिक करिब तीन क्विन्टलसम्म माछा खपत हुने गरेको भण्डारीले बताए ।

किन बन्न सकेन गन्तव्य

चुरेको फेदीमा अवस्थित चिसापानी अस्थायी बजार हो । सुरुसुरुमा टिनका अस्थायी टहरा मात्र रहे पनि अहिले भने पक्की घरहरू निर्माण भइसकेका छन् । होटल निर्माण हुने क्रम अत्यधिक बढेको छ । पछिल्लो सयम रानीजमरा सिँचाइ आयोजनाको इन्टेक निर्माण स्थलसमेत चिसापानीमै रहेकाले यहाँको चहलपहल बढेको छ ।

करिब दुई हजार पाँच सयभन्दा बढी घरधुरीको बसोबास रहेको चिसापानी लम्की चुहा नगरपालिका ३ मा पर्छ । सुविधा सम्पन्न होटलहरू निर्माण भएसँगै छिटपुट रुपमा आवासीय तालिम चल्न थाले पनि खासै मानिस रात बिताउनकै लागि यहाँ पुग्दैनन् । राजमार्गमा पर्ने बजार भएकाले आवतजावत गर्नेहरूका लागि एकछिन झरेर घुमफिर गर्ने ठाउँमा मात्र सीमित छ ।

यहाँको बजार पुरै ऐलानी हो । ठूलठूला घर निर्माण भए पनि व्यवसायीहरूले बैंकिङ कारोबार गर्न सकिरहेका छैनन् । जिल्लाका अन्य क्षेत्रमा रहेको घरजग्गा धितो राखेर व्यवसायीहरूले यहाँ लगानी गरिरहेको भण्डारी बताउँछन् । व्यावसायिक सम्भावना प्रचुर भएकैले व्यवसायीहरू लगानी बढाइरहेका छन् ।

We are a non-profit organization working to improve lives in Farwest Nepal. We support families in need, empower children and youth through education, promote health and wellbeing, preserve local culture, and provide help during disasters. Our goal is to build stronger, fair, and connected communities.

Contact Us :

Dhangadhi Sub-Metropolitan-5, Dhangadhi, Kailali, Nepal

+9779848637210