
परापुर्वकाला देखि नै नारी शक्ति लाई सर्वशक्ती को रुपमा बुझिने गरिन्छ ।नारिको श्रम र शक्ति लाई प्रयोग नगरी त्यस्तो कुनै इतिहास रचिएको छैन । जुनसुकै कालखण्डमा होस नारि शक्तिले नै आफ्नो योगदान दिएर यो पृथ्वी मा नयाँ नयाँ नारी शक्तिको भिन्न भिन्नै रुपमा मानव जातिको उद्दारको लागि योगदान दिएको छ। र अहिले को २१शौ शताब्दी मा पनि नारिको योगदान र सहयोग आवश्यकता उतिनै बढिरहेको देखिन्छ। नारी को योगदान र सहयोग को आवश्यकता मानवजातिमा अपरिहार्य छ तर अहिले तिनै शक्ति नारिलाइ यो समाजले स सम्मान राख्न शकेका छैनन यो समाजले सधै नारी शक्तिको फाइदा लुट्दै गयो नारिशक्ती शर्वशक्ति हुदाहुदै पनि अहिले को समाज संग लाचार भएकी देखिन्छन।
नारिहरु लाई लाचार बनाइएको समाजले आफ्नो स्वार्थ को लागि नारिलाइ नै उपयोग गर्दै आइरहेका छन। वास्तव मा भन्ने हो भने नारी लाई हराउन सक्ने वा नारिलाइ दबाउन सक्ने कुनै शक्ति नै हुदैन नारी शक्तिको विभिन्न रुप कहिले आमाको रुप लिएको हुन्छ कहिले श्रीमती को रुप लिएको हुन्छ कहिले छोरिको रुपलिएको हुन्छ भने कहिले महाशक्ति गौरी कालिको रुप लिएयर मानव जिवनको उद्दार गर्दैछिन । यस्तो शक्ति लाई हराउने कुनै शक्ति छैन तर नारिहरुको कोमल मनको फाइदा उठाउदै यो समाजले
नारिहरुको कोमल मन र अपार ममता लाई पटक पटक चोट पुर्याएको देखिछ। रास्ट्र निर्माण मा नारी शक्तिको भुमिका बारे यहाहरु सबै जानकार नै हुनुहुन्छ मैले प्रास्ट्याउनु पर्ने खासै छैन । नारी रास्ट्रको रक्षाको लागि जुनसुकै परिस्थिति मा सक्षम हुन्छन बिस्वमा जति शुकै युद्ध भए त्यस्मा ६०% योगदान नारिहरुकै रहेको छ। अहिलेको परिवेश मा एकातिर नारिहरु स शक्तिकरण हुँदै अन्तरीक्ष मा पनि आफ्नो प्रतिनिधित्व गर्दै छन भने अर्को तिर नारी विभिन्न क्षेत्रमा सोषणती हुदैछन दैनिक बलात्कार का घटना देखि लियर लैङ्गकि सोसण मानसिक सोसण का घटना दिनप्रतिदिन बढ्दै गैरहेका छन।
नारी आफैमा एक रास्ट्रशक्ती हुन तर राज्यले नै नारिसोसण जस्ता जघन्य अपराध लाई सहयोग पुर्याएको छ भन्ने मेरो अनुभवबाट प्रस्टाउन चाहान्छु। जबसम्म नारी सुरक्षाको लागि स्वयं राज्य अगाडि बढ्दैन तबसम्म नारिमाथी हुदैगरेको शोषण अन्त्य हुदैन संबिधान मा नारी सुरक्षाका जुनसुकै प्राबधान राखिए पनि राज्यले ब्यवहारिक्तामा नल्याउनजेल नारिमाथी हुने शोषण रोकिने छैन। नारिलाइ सुरक्षा दिन नसक्ने रास्ट्र बिकासउन्मुख रास्ट्रको रुपमा अगाडि बढ्न सक्दैन।आजको आवश्यकता नारिशक्तिको सुरक्षा अपरिहार्य रहेको छ।
सुष्मा शाही (शुमी)
धनगढी कैलाली, हाल ईजराईल
