
सुदूरपश्चिमेली नेपाली समाजले बझाङका भूकम्पपीडितहरुलाई राहत सामग्री वितरण गरेको छ। त्यहाका करिब २१२ घरपरिवारलाइ राहत वितरण गरिएकाे हाे।
बिहीबार थलारा गाउँपालिका वडा नं ७ मा १६ थान ब्ल्यांकेट, अध्यक्ष कृष्ण सार्की सहित सम्पूर्ण वडा सदस्यको उपस्थीतमा वडा कार्यालयमै गाउँलेलाई उपस्थित गराईएको छ।

त्यस्तै बुङ्गल नगरपालिका वडा नं ५ मा १२ थान ब्ल्यांकेट, श्री केदार आधारभूत विद्यालयक सिम विउनाडा का प्रधानाध्यापक शंकर नाथको उपस्थितिमा, तारा धामीको सहकार्यमा गाउँमै बितरण गरिएको थियो ।
त्यस्तै बुङ्गल नगरपालिका २ मा ४० थान त्रिपाल, अध्यक्ष विरे धामी, सचिब धन वहादुर धामी, सहित सम्पूर्ण वडा सदस्यको उपस्थीतमा वडा कार्यालय नजिकै रहेको विद्यालय प्राङ्गणमा वितरण गरिएको संस्थाका कोषाध्यक्ष तथा विपद् ब्यबस्थापन समितिका उपसंयोजक राज बहादु साउँदले जानकारि दिए।
सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा गइरहेको भूकम्पबाट पीडित बनेकाहरुलाई सहयोग गर्न सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, सुदूरपश्चिम विपद व्यवस्थापन समिति अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष धर्म राज पाण्डेको संयोजत्वमा गठन गरिएको थियो ।
बिगत १ महिनादेखि लगातार बझाङ जिल्लामा गइरहेको भूकम्पले गर्दा धनजनको क्षेती भइ घरबार विहिन अवस्थामा रहेका घरपरिवारहरूलाई राहत सामाग्री सहयोग हस्तान्तरण गरिएको हो।
राहत वितरणपछि साउँदले भने, ‘केही हदसम्म भएपनी भुकम्पबाट पीडित नेपालीहरुको घाउमा मल्हम लगाउने , सहयोग गर्ने उद्देश्यले “सुदूरपश्चिमेली आपतकालीन राहतकोष” मार्फत देश तथा विभिन्न अन्तर्राष्ट्रिय देशमा रहेका सुदूरपश्चिमेली नेपाली समाज संस्थाद्वारा संकलित रकमबाट बाच्नलाई अतिआवश्यक सामाग्री खरिद गरि बितरण सम्पन्न गरेका छौँ। भुकम्प पीडितलाई आवश्यक राहत सामाग्री बितरण गर्न र खरिद गर्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई साउँदले धन्यवाद ।’








